शनिबार ३० चैत, २०८१
Saturday, April 12, 2025

मनसुनी विपद् पीडितलाई सरकारले १९ करोड ९७ लाख रुपैयाँ दिने

काठमाडौँ : सरकारले विपद्बाट क्षतिपुगेका घरपरिवारलाई आवास पुनर्निर्माणका लागि अनुदान उपलब्ध गराउने भएको छ । विभिन्न जिल्लाका ३,९४९ लाभग्राही परिवारहरूलाई पहिलो किस्ता बापत प्रति परिवार ५० हजार रुपैयाँका दरले कुल १९ करोड ९७ लाख रुपैयाँ अनुदान प्रदान गरी पुनर्निर्माणका काम सुरु गरिएको अर्थ तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । 

राष्ट्रिय सभामा 'मनसुनजन्य विपद्का घटनाको क्षति, खोज, उद्धार, राहत एवं पुनर्स्थापनाका सम्बन्धमा सार्वजनिक महत्वको बक्तव्य' पेस गर्दैमन्त्री पौडेलले यस्तो बताएका हुन् । सरकारले निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०७७ बमोजिम मनसुनजन्य विपद्का कारण घरवास गुमाएकाहरुलाई घर पुनर्निर्माण गर्न अनुदान उपलब्ध गराउने व्यवस्था गरेको हो ।