विद्रोहीले राजधानी सहर कब्जा गरे पछि सिरियाका राष्ट्रपति बेपत्ता

दमास्कस - सिरियाली विद्रोहीहरूले दमास्कस कब्जा गर्दै राष्ट्रपति बसर अल असद भागेको बताएका छन् ।
दमास्कसका विद्रोही सेनाले लामो समयदेखि शासनमा रहेका बसर अल असदको राजधानी सहरलाई मुक्त घोषणा गरेपछि सरकारी सेना फिर्ता भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बिद्रोहीहरूले आधिकारिक रूपमा सत्ता हस्तान्तरण नभएसम्म सार्वजनिक संस्थानहरू पूर्व प्रधानमन्त्रीको निगरानीमा रहनेसमेत बताएका छन् ।
समाचार अनुसार बिद्रोहीले राजधानी सहरसमेत कब्जा गरेपछि राष्ट्रपति असदले अज्ञात गन्तव्यको लागि विमानबाट दमास्कस छोडेको उल्लेख गरेका छन् ।
सिरियाली प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले असद अहिले कहाँ छन् भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।
सोशल मिडियामा साझा गरिएको अप्रमाणित फुटेजले कुख्यात सयदनाया जेलबाट हजारौं कैदीहरूलाई रिहा गरिएको देखिएको छ, जहाँ असदका विरोधीहरूलाई यातना र मृत्युदण्ड दिइने गरिन्थ्यो ।
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया