मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

रवि लामिछानेमाथि अनुसन्धानका नाममा यातना दिइयो : सांसद कार्की

फाइल फाेटाे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.चन्दा कार्कीले रवि लामिछानेमाथि अनुसन्धानका नाममा यातना दिएर मानव अधिकार हनन गर्ने काम भएको बताएकी छन् । 

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सांसद कार्कीले स्वास्थ्य अवस्थालाई ख्यान नै नगरि मध्यराति गाडीमा राखेर चितवनबाट पोखरा लगिएको घटनाले लामिछानेमाथि अनुसन्धानका नाममा यातना दिएर मानव अधिकार हनन गर्ने काम राज्यले गरेको बताएकी हुन् ।

उनले आफूहरूले लामिछानेमाथिको अनुसन्धानमा प्रभाव पार्ने काम नगरेको तर राज्यले एकपक्षीय ढंगले लामिछानेमाथि अमानवीय व्यवहार गरेको जिकिर गरिन् । 

उनले सबैलाई कानुन समान हुनुपर्ने र मानवअधिकार उल्लंघन हुन नहुनेमा ध्यान दिनुपर्ने उल्लेख गरिन् । यस बिषयमा समितिले सरकारलाई आवश्यक ध्यानाकर्षण गर्नुपर्ने उनले बताइन् । 

समिति सभापति रामहरि खतिवडाले अदालतमा प्रवेश गरेको विषयमा समितिले प्रधानमन्त्रीलाई कुनै प्रकारको निर्देशन दिन नमिल्ने बताइन् । 

रास्वपाले लामिछानेलाई सरकारले दुव्र्यवहार गर्नुका साथै मानवअधिकारसमेत हनन् गरेको भन्दै मानवअधिकार आयोगमा उजुरी समेत दिइसकेको छ ।