स्पेनिस ला लिगामा एट्लेटिकको कमब्याक जित

स्पेनिस ला लिगा अन्तर्गतको खेलमा एट्लेटिको म्याड्रिडले जित हासिल गरेको छ। सोमबार बिहान राति भएको खेलमा एट्लेटिकोले सेभिल्लालाई ४-३ गोलले पराजित गरेको हो।
एट्लेटिकको जितमा डी पाउल, इन्टोनी ग्रिजमन र सामुइल डिआज लिनोले गो गरेका थिए। सेभिल्लाका लुकेबाकिओ, रोमेरो र सान्चेजले गोल गरे।
एट्लेटिकोले डी पाउलको गोलबाट खेलको १२ मिनेटमा अग्रता लिएको थियो। १२ मिनेटमा सेभिल्लाका लुकेबाकिओले गोल फर्काएर बराबरीमा ल्याएका थिए। खेलको ३२ मिनेट र ५७ मिनेटमा सेभिल्लाले गोल गरेर एट्लेटिकोसँग ३-१ को स्थितिमा ल्याएको थियो।
पछि परिसकेको स्थितिमा कमब्याक गर्दै एट्लेटिकोका ग्रिजमन र लिनोले टोलीलाई जिताए। तर, एन्टोनी ग्रिजमनले खेलको ६२, थपिएको इन्जुरी समय तथा लिनोले ७९ मिनेटमा गोल गरेका थिए।
जितसँगै एट्लेटिको म्याड्रिड ३५ अंक साथ लिगाको तेस्रो स्थानमा छ भने सेभिल्ला १९ अंक साथ १३ औं स्थानमा छ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया