कांग्रेस कार्यसम्पादन समिति बैठककाे अडान, 'बिआरआइमा अनुदान मात्रै स्विकार्य'

सत्तारूढ नेपाली कांग्रेसले चीनको बिकास परियोजना बीआरआई अन्तर्गतको अनुदान मात्र स्विकार गर्ने पुर्ववतः अडानमा फेरबदल नभएको प्रस्ट पारेको छ ।
सोमबार बसेको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकले सो अडान कायमै राखेको डा. प्रकाशशरण महतले जानकारी दिए । उनले भने कांग्रेसलाइ चीनको ऋण स्विकार्य छैन् ।
आजको बैठकले चीनसँगको भएको सहमति अनुसार परियोजनाहरु सञ्चालन गर्दा हुने सहमतिमा अनुदान मात्र स्वीकार्ने पुनः प्रस्ट पारेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको एड फाइनान्सिङ ऋणमात्र नभएर अनुदान समेत हुने भन्दै अनुदानमात्र स्वीकार्ने पहिलादेखिकै कांग्रेसको दृष्टिकोणमा परिवर्तन नभएको ठहर गरेको हो ।
‘बीआरआई सहमतिमा ग्राण्ड फाइनान्सिङको ठाउँमा एड फाइनान्सिङ भनेर सहमति भयो भन्ने कुरा आएको छ’, डा. महतले भने, ‘ त्यसभित्र पनि अनुदान हुन्छ ।’ उनले बीआरआई सहमति भएपनि पछि छुट्टाछुट्टै परियोजनामा पुन सहमति आवस्यक रहेको भन्दै त्यस्तो बेला गरिने सहमतिमा नेपालले ऋणबाट नभएर अनुदानका योजनामात्र स्वीकार गर्ने बताए
बैठक पछि कांग्रेस प्रवक्ता महतले थप भने, ‘अहिले पनि हाम्रो भनाइ अनुदानमात्र लिने भन्ने हो । त्यो चीन सरकारको सवालमा मात्र होइन । आउने दिनमा पनि कुनै पिन सरकारबाट प्राप्त हुने ऋणका अनेकौ सर्तहरु हुने भएकाले त्यस्ता शर्तसहति ऋण लिदा देशलाई फाइदा हुदैन भन्ने हाम्रो ठहर हो ।’

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया