नबिलले ल्यायो ‘नबिल डिजी बैंक पोर्टल’, अब घरमै बसेर सम्पूर्ण बैंकिङ कारोबार गर्न सकिने

नबिल बैंकले ‘नबिल डिजी बैंक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार राजधानीमा एक विशेष समारोहको आयोजना गर्दै बैंकले हालसम्मकै उच्चतम सेवा सुविधासहितको डिजिटल बैंकिङ सेवा सार्वजनिक गरेको हो ।
उक्त पोर्टलबाट बैंकका ग्राहकले एकद्वार प्रणालीमार्फत घरमै बसीबसी अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् । बैंकले ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न पोर्टलमार्फत उत्पादन/सेवालाई स्वचालित बनाएको जनाएको छ । कम्प्युटराइज्ड बैंकबाट सुरु भएको यात्रा अब भने साँच्चिकै डिजिटल बैंकको रुपमा विकास भएको छ बैंकले जनाएको छ ।
नबिल डिजी बैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट÷क्रेडिट कार्ड अनुरोध,डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल÷एसएमई लोन आवेदन, अनलायन्स लगायतका सेवा उपलब्ध हुनेछन् । साथै, बैंकले आगामी दिनमा थप अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको बैंकले जनाएको छ ।
बैंकका सीईओ शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भीकेवाइसी) र भर्चुअल आइकार्ड लगायतका थप दुई नयाँ अनलाइन सेवासमेत सार्वजनिक गरेका छन् । भीकेवाइसीको सुरुवातसँगै ग्राहकहरूसँग केवाइसी प्रमाणीकरणका लागि केवाइसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्ने दुई विकल्प उपलब्ध भएको जनाएको छ ।
भीकेवाइसी छनोटमार्फत ग्राहकले क्यामराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्ण निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचानसम्बन्धी कार्य पूरा गर्नुपर्नेछ । त्यसैगरी, नबिल भर्चुअल आइकार्ड नबिल स्मार्ट बैंक एपभित्र इमबोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले आफ्नो प्यान अपलोड गरी भर्जुअल आइकार्डका लागि आवेदन दिन सक्नेछन् ।
यसका साथै, सोही पोर्टलमाफएत ग्राहक ब्यालेन्स टप–अप पनि गर्न सक्नेछन् । ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्ति मिति, सीभीभी)सहित मोबाइल बैंक एपभित्र भर्चअल कार्ड तुरुन्तै जारी हुन्छ । भर्चुअल आइकार्ड (भारतीय रुपैयाँबाहेक) ई–कारोबारका लागि पनि प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

एशियन बैंकिङ एण्ड फाइनान्स अवार्ड्स २०२५ मा नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि

नेपाल–स्पेन सम्बन्ध विस्तारमा छलफल : सीएनआईका प्रतिनिधि र राजदूत नेपालबीच भेट…

भिसाको नेपाल व्यवसाय प्रमुखको रूपमा मनोज थापा

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरुमा डिजिटल भुक्…

एनएमबि बैंकद्वारा गण्डकी प्रदेशको मानवसेवा आश्रममा सोलार सामग्री वितरण

सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक र राजदूत पौडेलबिच छलफल

एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तर

प्रतिक्रिया