आइतबार १५ असार, २०८२
Sunday, June 29, 2025

ओलीविरुद्ध अदालतमा मुद्दा हालेर पार्टी एकताको गीत गाउन कसरी सकेको ?

फाइल फोटो

काठमाडौँ : सत्तारुढ नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेर पार्टी एकताको कुरा गर्न नसुहाउने बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई सभापति बनाउन अदालतमा हस्ताक्षरसहित मुद्दा हाल्ने र फेरि पार्टी एकताको कुरा गरिरहने वरिष्ठ नेता माधव नेपालको कदम राम्रो नभएको बताएका हुन् ।

‘पार्टी नेतृ्त्वका विरूद्ध गठवन्धनको वकालत गर्ने, त्यसमा ‘निष्ठापूर्ण प्रतिवद्धता’ जनाउने । आफ्नो पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाई  प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन अदालतमा हस्ताक्षरसहित मुद्दा हाल्ने’ पोखरेलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘अनि पार्टी एकताको गीत गाइरहने । हत्तेरिका कसरी सकेको ?