दक्षिण कोरियाली राष्ट्रपतिलाइ यात्रामा प्रतिबन्ध

सियोल - दक्षिण कोरियाली अधिकारीहरूले राष्ट्रपति युन सुक येओललाई यात्रामा प्रतिबन्ध लगाएका छन् ।
गत मंगलबार आफ्नो अल्पकालीन मार्शल ल घोषणाको लागि अनुसन्धानमा रहेका राष्ट्रपति युनलाइ विदेश यात्रामा प्रतिबन्ध लगाएका हुन् । उनले मार्शल ल लागु गरे पनि त्यहाँकाे संसदले कम्तीमा ३ घण्टामा खारेज गरिदिएकाे थियाे ।
सत्तारुढ पीपुल पावर पार्टी (पीपीपी) का सांसदहरूले मतदान बहिष्कार गरेपछि महाभियोग प्रस्तावबाट बचेका राष्ट्रपति युनलाई यात्रा प्रतिबन्ध लगाइएको कोरियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
पीपी सदस्यहरूका अनुसार युनले आफ्नो कार्यकाल छोटो बनाउने र विदेश तथा आन्तरिक मामिलामा संलग्न नहुने सहमति गरेपछि उनीहरूले प्रस्तावलाई समर्थन नगर्ने निर्णय गरेको बताए।
यद्यपि, संसदमा बहुमत रहेको विपक्षी डेमोक्रेटिक पार्टीले सम्झौताको आलोचना गरेको छ र फ्लोर नेता पार्क चान डेले यसलाई ‘गैरकानुनी, असंवैधानिक, देशद्रोह र दोस्रो कू’ भन्दै प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।
युनको अल्पकालीन ‘मार्शल ल अर्डर’ पछि दशौं हजार मानिसहरू विरोधमा उत्रिएका छन्, उनीहरूको माग छ, उनलाई राजीनामा गर्न वा महाभियोग लगाएर बर्खास्त गर्नुपर्छ ।
त्यसयता महाभियोग प्रस्ताव असफल भए पनि मार्शल ल अर्डरमा संलग्न धेरै प्रमुख व्यक्तित्वहरू पनि उनीहरूविरुद्ध कारबाही भएको देखिएको छैन । जसको अहिले कोरियाली जनताले कारबाहीको माग गर्दै निरन्तर प्रदर्शन गरिरहेका छन् ।

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_c7mtWtlHyX_jqbnpymfufdizpnojofeomz7efzs6jtzwkfqfssn7dwvsydokj1r90i64wei_rWod7IFI7T_ve8hypc0a1bj56nxeeiyet2ywhzy9wwfiwllutddbsgsetqdrn3focxmy0ze.jpg)
तीन महिनामा २३०० बढी विपद्जन्य घटना

सामुदायिक विकास परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

सात लाख बढी घुससहित वन अधिकृत पक्राउ

राशिफलमा यस्तो हुनेछ तपाईंको भाग्य

प्रतिक्रिया