रवि लामिछानेलाई वीरगन्ज ल्याइयो

पर्सा - पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई वीरगन्ज ल्याइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई बयानका लागि पोखराबाट काठमाडौं हुँदै वीरगन्ज ल्याइएको हो ।
प्रहरीका अनुसार उनलाई पोखराबाट काठमाडौं र काठमाडौंबाट प्लेनमा सिमरा हुँदै वीरगन्ज ल्याइएको हो ।
सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनी विरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि यहाँ ल्याइएको जनाएको छ ।
सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाई गत गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।
जिबी राई नेतृत्वको सहकारीहरूबाट ग्यालेक्सी टेलिभिजनमा लगानी गर्दा उनी पनि संलग्न भएको उजुरी पछि उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । त्यसपछि सोही प्रकरणमा कास्कीसहित रूपन्देही, काठमाडौं, चितवनमा बयान दिइसकेका छन् । अब उनलाई पर्सामा बयान लिइनेछ ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया