बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध मुद्दा दायर

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । झुटा विवरण पेस गरी लाभ लिएको आरोपमा सिलवालविरुद्ध मुद्दा दायर गरिएको हो ।
सिलवालले नागरिकतामा पटक–पटक जन्ममिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्ष उमेर हदबाट अनिवार्य अवकाश हुनुपर्नेमा सिलवालले विसं २०८० साल साउन १६ गतेदेखि ६६औँ वर्षमा प्रवेश गर्दासमेत पदमा बहाल नै रही पछिल्लो नौ महिनादेखि पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरेको जनाइएको छ ।
सिलवालको जिल्ला प्रशासन कार्यालय पर्साबाट विसं २०३२ साल फागुन २४ गतेको नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख भएको तर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रतिलिपि २०६६ साल वैशाख १७ गते जारी नागरिकतामा जन्ममिति २०१६ कात्तिक २२ उल्लेख भएको जनाइएको छ ।
यस्तै, त्रिभुवन विश्वविद्यालयबाट जारी डिप्लोमा तहको ट्रान्सक्रिप्टमा जन्ममिति २०१५ साल साउन १५ उल्लेख भएको अख्तियारद्वारा दायर भएको आरोपपत्रमा उल्लेख छ । सिलवाल स्वयंले भरेको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल) मा समेत ट्रान्सक्रिप्टको जन्ममिति २०१५ साल साउन १५ उल्लेख गरी विवरणभरि निजामती सेवामा २०४३ साउन १ गतेदेखि राजपत्राङ्कित तृतीय श्रेणीको पदमा नियुक्ति लिएको पनि अख्तियारले जनाएको छ ।
यसरी झुटा विवरण पेस गरी लाभ लिएको कसुरमा भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाहीको माग गरिएको छ । यस्तै, सिलवालले २०८० साउन १५ गतेदेखि हालसम्म लिएको लाभ सुविधा रकम बराबरको रु ३६ लाख ६२ हजार एक सय ५४ बराबर असुलउपर मागदाबी गरिएको छ ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_7gCYsvOKZv_gogacyqhrtbuj7rjnhmpwu7lagqpb3j9lleok0sxhqbtz5o6mkeadljtmmhx.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया