बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

बिरगञ्जमा रबी लामिछानेको बयान सुरू

पूर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेको आजबाट बयान सुरू भएको छ। पोखराबाट काठमाडौं हुँदै बिरगञ्ज ल्याइएका लामिछानेसँग आजबाट बयान सुरू भएको हो ।

हिजो साँझ उनको स्वास्थ्य परिक्षण गरिएको थियो, जसअनुसार उनको ब्लड प्रेसर १६०–११० मापन गरिएको थियो । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि यहाँ ल्याइएको हो ।

सहकारी ठगी गरेको भन्दै पक्राउ परेका लामिछानेलाई गत गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।​ जिबी राइ नेतृत्वको सहकारीहरूवाट ग्यालेक्सी टेलिभजनमा लगानी गर्दा उनी पनि संलग्न भएको उजुरी पछि उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

त्यस पछि सोही प्रकरणमा कास्कीसहित रूपन्देही, काठमाडौं, चितवनमा उनको बयान लिइसकेको छ । अब मंगलबार बिहानवाट उनको बिरगञ्जमा बयान सुरू भएको हो ।