नेपालमा थप २७ को मृत्यु, १ हजार ६०३ जनामा संक्रमण

काठमाडौँ : नेपालमा आइतबार थप १ हजार ६ सय ३ जनामा कोभिड-१९ संक्रमित पुष्टि भएको छ । देशभर गरिएको ४ हजार ८ सय ७८ पीसीआर र १ हजार ४२ र ३ हजार २ सय ५६ एन्टीजेन परीक्षणका क्रममा थप ५६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
योसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या ६ लाख ८२ हजार ७३९ पुगेको छ । त्यस्तै यसका कारण थप २७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार २ सय २५ जनाले कोरोनाक कारण ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार थप २ हजार ५ सय ५२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ९ हजार २ सय १८ जना कोभिडमुक्त भएका छन् ।
हालसम्म नेपालमा ३३ लाख ६८ हजार ५४२ वटा पिरिआर र २ लाख ४ हजार २ सय ४८ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार ५५२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुने दर ९४.५ प्रतिशत रहेको छ । सोमबार आज आइसियूमा ६०८, भेन्टिलेटरमा १८१ छन् ।

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने

घरमा नै बसेर फाेहाेर कानकाे सहज उपचार विधि जान्नुहाेस्
सीमा नाकामा कोरोनाको जोखिम कायमै

प्रतिक्रिया