सन्नी देओलको दाबीः 'रामायण'ले हलिउड फिल्म ‘अवतार’लाइ नि माथ खुवाउँछ

मुम्बई - ब्रह्मास्त्र’ पछि रणवीर कपुरका फ्यानहरु उनको अर्को फिल्म ‘रामायण’ को लागि उत्सुकताका साथ पर्खिरहेका छन् ।
फिल्ममा रणवीर भगवान रामको भूमिकामा देखिनेछन् । जसका लागि उनी निकै उत्साहित छन् । केही समयअघि चलचित्रको बारेमा कुरा गर्दै अभिनेताले नितिश तिवारीको निर्देशनमा बन्न लागेको यो बहुप्रतिक्षित चलचित्र २ भागमा बन्ने बताएका थिए, जसमध्ये पहिलो भागको छायांकन सकिएको छ ।
अब सनी देओलले पनि फिल्मसँग सम्बन्धित केही विशेष जानकारी सेयर गरेका छन् । हालै रणबीर कपुरले ‘रामायण’ को बारेमा कुरा गरेर मानिसहरूसँग फिल्मको बारेमा जानकारी साझा गरेका थिए । त्यसपछि सनी देओलले एक अन्तर्वार्तामा यसबारे कुरा गरेर मानिसहरूको उत्साहलाई स्तर बढाएका छन्। रिपोर्टका अनुसार सनी देओल रामायणमा भगवान हनुमानको भूमिका निभाइ रहेका छन् ।
फिल्मको बारेमा कुरा गर्दै सनी देओलले यो फिल्म एकदमै उच्च स्तरमा बनिरहेको बताएका छन् । उनको दाबी छ, ‘रामायण हलिउड फिल्म जस्तै हुनेछ ।’
सन्नी देओलले हालै इन्डियन एक्सप्रेससँग कुरा गर्ने क्रममा यो बताएका हुन । उनले हलिउड फिल्म ‘अवतार’ र ‘प्ल्यानेट अफ द एप्स’ जस्तै फिल्म बनाउने तयारीमा रहेको बताए ।
उनले यी चलचित्रका प्राविधिकहरु यस चलचित्को हिस्सा रहेको बताए । उनले चलचित्रलाई कसरी बनाउने र आफ्नो पात्रलाई कसरी जनतासामु प्रस्तुत गर्ने भन्ने विषयमा चलचित्रका लेखक तथा निर्देशक प्रष्ट रहेको बताए । जसरी चलचित्र निर्माण भइरहेको छ, त्यसले दर्शकलाई स्पेशल इफेक्ट पाउने दाबी गरिएको छ ।
यी इफेक्टहरूबाट दर्शकले यो सम्पूर्ण घटना वास्तवमा भएको जस्तो महसुस गर्नेछन्। उनले चलचित्र उत्कृष्ट बनेको र सबैले मन पराउने समेत दाबी गरेका छन् । साउथ अभिनेत्री साई पल्लवीले ‘रामायण’ मा सीताको भूमिका निभाएकी छिन् भने यशले रावणको भुमिकामा देखिने भएका छन् ।
सन्नी देवोलको अहिलेको कुरा गर्ने हो भने आफ्नो आगामी फिल्म ‘लाहौर १९९७’ र ‘जाट’ मा व्यस्त छन् । यी दुवै फिल्म सन् २०२५ मा रिलिज हुँदैछ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया