‘द्वन्द्वपीडितका समस्या सरकारले समाधान गर्छ’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका द्वन्द्वपीडितका समस्या सरकारले समाधान गर्ने बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मानव अधिकार सूचना तथा स्रोत केन्द्रको नवनिर्मित भवनको मंगलबार यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले द्वन्द्वकालमा राज्य र विद्रोही दुवै पक्षबाट सबैभन्दा बढी लुम्बिनी प्रदेश प्रभावित भएको बताएका हुन् ।
उनले यस क्षेत्रका सबै द्वन्द्वपीडितको अभिभावक भनेको प्रदेश सरकार रहेको बताए । कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले स्रोत केन्द्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने योजना सुनाए ।
इन्सेकका पूर्वअध्यक्ष सुवोधराज प्याकुरेलले १० डिसेम्बर मानव मर्यादाका लागि वैधानिक नैतिक दस्तावेज सार्वजनिक भएको बताए । मानव अधिकार रक्षाका लागि केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे । –रासस

दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक

टिआइएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँः पर्यटनमन्त्री पाण्डे

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पु…

'सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ'

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

प्रधानमन्त्री ओली स्वदेश फर्किए

प्रतिक्रिया