एनपिएल : कर्णालीको तेस्रो जित, पोखरा सात विकेटले पराजित

काठमाडौँ- राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को आजको दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मङ्गलबारको दोस्रो खेलमा पोखराले दिएको एक सय चार रनको लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
कर्णालीका लागि गुल्सन झाले अविजित ४९ रन बनाए । यस्तै, चाडविक वाल्टन ४२, बाबर हायातले ७ र विलियम बोसिस्टोले २ रनको योगदान दिए । कर्णालीले अतिरिक्त ६ रन प्राप्त गर्यो । पोखराका लागि विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले समान १/१ विकेट लिए ।
कर्णालीको यो तेस्रो जित हो । जारी एनपिएलमा ५ खेल खेलेको कर्णाली यसअघि दुई खेलमा पराजित भइसकेको छ । त्यसअघि, टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको पोखराले १६ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय तीन रन बनाएको थियो ।
पोखराको लागि दिनेश खरेलले सर्वाधिक २६ रन बनाए । उनले १९ बलमा एक छक्का र चार चौका समेत प्रहार गर्दै २६ रन बनाएका हुन् । एन्ड्रिज गौसले २५, रेमन रेफरले २०, कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०/१० रन बनाए । यस्तै, दिलीप नाथले ३, माइकल लिस्कले २, नारायण जोशी र आकाश चन्दले समान एक/एक रनको योगदान दिए ।
पोखराले अतिरिक्त ५ रन प्राप्त गर्यो । कर्णालीको लागि विलियम बोसिस्टोले सर्वाधिक ६ विकेट लिए । यस्तै, कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिश ठकुरीले समान एक÷एक विकेट हात पारेका थिए । पोखराको यो तेस्रो हार हो । जारी एनपिएलमा ४ खेल खेलेको पोखराले एक खेल मात्रै जितेको छ । –रासस

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_zc6keGm69h_mtewttbx3rqqwyihsmx5o95ta2br01dod342c6sy9knjibjdb1mdmzjavbon.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया