पुष्पाः २ ले ६ दिनमा कमायाे ९ सय करोड बढी

मुम्बई - अल्लु अर्जुन–रश्मिका मन्डन्ना स्टारर फिल्म ‘पुष्पा– २: द रुल’ ले विश्वभर ८८० करोडभन्दा बढी कमाइ गरेको छ ।
सुकुमार द्वारा निर्देशित एक्सन ड्रामा फिल्म २०२१ को ब्लकबस्टर ‘पुष्पाः द राइज’ को सिक्वेल हो।
सबै चलचित्रहरू जस्तै पुष्पाः २ ले पनि रिलिजको पहिलो सोमबारको कमाईमा कमी आएको छ । सैकनिल्कका अनुसार अल्लु अर्जुनको फिल्मले रिलिजको पाँचौं दिन नेट कलेक्सनमा ५४.५६ प्रतिशतले गिरावट आएको छ । तर पनि फिल्मले राम्रो कमाई गरेको छ ।
फिल्म निर्माताले सार्वजनिक गरेको आधिकारिक आँकडा हेर्दा फिल्मले पाँचौं दिन ४८ करोड रुपैयाँ कमाएको छ । अब पाँच दिनमा फिल्मको नेट कलेक्सन ३३९ करोड पुगेको छ ।
सैकनिल्कको प्रारम्भिक प्रवृत्ति अनुसार पहिलो आइतबार १४१.५ करोड रुपैयाँ कमाएको फिल्मले पाँचौं दिनमा ५४.५६ प्रतिशतले ठूलो गिरावट आएको छ। सोमबार फिल्मले सबै भाषामा ६४.१ करोड कमाउन सफल भएको छ ।
एक्शन ड्रामाको भारतमा पाँचौ दिनसम्म कुल कलेक्सन करिब ५९३.१ करोड रुपैयाँ रहेको बताइएको छ । जसमध्ये पुष्पा २ ले तेलुगुमा २११.७ करोड र हिन्दीमा ३३१.७ करोड कमाएको छ।
सैकनिल्कको को तथ्यांक अनुसार फिल्मले चौथो दिनमै विश्वभर ८०० करोडको आँकडा पार गरेको छ । पाँचौं दिन फिल्मले विश्वभर ८८० करोडको आँकडा पार गरेको छ । छैटो दिनमा ९ सय कराेड नघाउने कन्फर्म भएको उसको दावी छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया