वन पैदावारहरु उद्योग व्यवसायसँग जोड्न आवश्यक

वन तथा वातावारणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनबाट उत्पादन भएका वन पैदावारहरु उद्योग व्यवसायसँग जोड्न आवश्यक रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा अन्तार्राष्ट्रिय पर्वत दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नीजि क्षेत्रको समेत सहभागितामा वनबाट उत्पादन भएका वन पैदावारको प्रसोधन तथा बहुउपयोगी वस्तु र सेवाको उत्पादन गरी स्थानीय समुदायको आम्दानी एवम रोजगारीको स्रोत उत्पादन गर्नुपर्ने बताए । उनले भने,‘वनबाट उत्पादन भएका वनपैदावारहरु उद्योग व्यवसायसँग जोड्नुपर्ने बेला आएको छ ।
नीजि क्षेत्रको समेत सहभागितामा वनबाट उत्पादन भएका वन पैदावारको प्रसोधन तथा बहुउपयोगी वस्तु र सेवाको उत्पादन गरी मुल्य अभिवृद्धि मार्फत स्थानिय समुदायको आम्दानी र रोजगारीको श्रोत उत्पादन गर्नुपर्ने हुन्छ ।
उनले सामुदायिक वनमा नेपालले प्राप्त गरेको सफलता र जैविक विविधता संरक्षणमा गरेको योगदान अन्य मूलुकहरुको लागि प्रेरणाको स्रोत बनेको उनको भनाइ छ ।उनले भने,‘सामुदायिक वनमा प्राप्त गरेको सफलता र जैविक विविधता संरक्षणमा हामीले देखाएको प्रतिवद्धता र गरेको योगदान आज अन्य मूलुकहरुको लागि प्रेरणाको स्रोत बनेको छ ।
देशको आर्थिक तथा सामाजिक अवस्थामा आएको परिवर्तनको कारण बसाईसराइले गर्दा वनमाथिको दृढता घट्दै गएको छ ।’जैविक विविधता संरक्षण एवम जलवायु परिवर्तन र जलवायु उत्थानशिलतालाई एकीकृत गर्न नीतिहरुलाई समय समयमा पुर्नविचार गर्नुपर्ने उनको भनाई छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया