झाँकी प्रदर्शनसहित कार्यक्रममा उपस्थित हुन कामपाको निर्देशन

काठमाडौँ महानगरपालिकाले ३० औं महानगरदिवसकाे कार्यक्रम न्यूनतम ५० जनाको संख्यामा झाँकी प्रदर्शनसहित उपस्थित हुन सबै वडालाई निर्देशन दिएको छ। महानगरपालिकाले सूचना जारी गर्दै ब्यानरसहित आ-आफ्नो मौलिक र परम्परागत वेषभूषा, बाजागाजासहितको झाँकी प्रदर्शनसहित उपस्थित हुन निर्देशन दिएको हो।
सूचनामा भनिएको छ, ‘३० औं महानगरदिवसको उपलक्ष्यमा तहा वडाबाट न्यूनतम ५० जनाको संख्यामा ब्यानर सहित आ-आफ्नो मौलिक र परम्परागत वेषभूषा, बाजागाजा सहितको झाँकी प्रदर्शन गर्ने निर्णय भएको हुँदा झाँकीसहित उपस्थितिका लागि अनुरोध छ।’
महानगरपालिकाले यही मंसिर २९ गते शनिवार ३० औं महानगर दिवस मनाउँदै छ। महानगरपालिकाले उक्त अवसरमा टुडिँखेलमा ख्यातिप्राप्त कलाकारहरूको सांस्कृतिक प्रस्तुति हुने जनाएको छ।

देशका अधिकांश भागमा वर्षा हुने

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

प्रतिक्रिया