संयुक्त राष्ट्र शान्ति सैनिकहरू दक्षिणी लेबनानी सहरमा प्रवेश

बेरुत- लेबनानमा संयुक्त राष्ट्र सङ्घको अन्तरिम बल (युएनआइएफआइएल) बुधबार दक्षिणी लेबनानी सीमा क्षेत्रको पूर्वी सेक्टरमा अवस्थित खियाम शहरको पूर्वी किनारमा प्रवेश गरेको जनाएको छ ।
बुलडोजर र इन्जिनियरिङ टोलीका साथमा धेरै युनिफिल सशस्त्र गाडीहरू इबल अल–साकी मैदानमा आफ्नो स्थानबाट खियामको पूर्वी किनारमा प्रवेश गरे ।
“युनिफिल बलहरूले सर्वेक्षण गर्दै छन् र यस शहरमा लेबनानी सेनाको एकाइ तैनाथ गर्ने तयारीमा मुख्य र माध्यमिक सडकहरूबाट अवरोधहरू हटाउँदै छन्,” स्रोतले जनाएको छ ।
लेबनानी सेनाले लगभग छ हजार सिपाही र सयौं सशस्त्र सैन्य वाहनहरू लितानी नदीको दक्षिणमा धेरै सैन्य ब्यारेकहरूमा तैनाथ गरेको छ ।
संयुक्त राज्य अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको युद्धविराम नोभेम्बर २७ मा लागू भयो, जसको उद्देश्य इजरायल र हिजबुल्लाहबीचको झण्डै १४ महिनादेखि चलेको लडाइँलाई रोक्ने लक्ष्य थियो । (सिन्ह्वा)
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया