इरानमा वायु प्रदुषणका कारण विद्यार्थी र कर्मचारीलाई घरमै बस्न निर्देशन

तेहरान- इरानको राजधानी तेहरानमा बुधबार र बिहीबार ‘अस्वस्थ’ वायु प्रदूषणका कारण विद्यार्थी र सरकारी कर्मचारीलाई घरभित्रै बस्न आदेश दिइएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
उच्च प्रदूषणको स्तर रहेको तेहरानमा हालैका दिनहरूमा धुवाँ तथा तुवालोका कारण प्रदूषणको मात्रा ह्वात्तै बढेको छ ।
अल्बोर्ज पर्वतको दक्षिणी फेदमा अवस्थित तेहरानमा बुधबार स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी वायुको गुणस्तर ‘अस्वस्थ’ स्तरमा पुगेको अर्थात् औसत वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १७० पुगेको बताएका छन् ।
राजधानीमा केही विशिष्ट शाखाबाहेक सबै सङ्ग्रहालय र बैङ्कहरू बन्द गरिएको थियो।
इरानको चार सय ३५ मिटर अग्लो ऐतिहासिक मिलाद टावर बुधबार बिहान मुस्किलले देखिएको थियो ।
प्रदूषणले मध्य इरानको इस्फाहान र उत्तरपश्चिमको ताब्रिजलगायत अन्य प्रमुख शहरहरूमा पनि प्रभाव पारिरहेको छ ।
दक्षिणपश्चिममा रहेको अहवाजमा पनि प्रदूषणको मात्रा उच्च रहेको सरकारी टेलिभिजनले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमले केही औद्योगिक पूर्वाधारको जीर्ण अवस्था, पुरानो सवारी साधनको र गुणस्तरहीन पेट्रोलका कारण प्रदूषण बढेको बताएका छन् ।
हालैका हप्ताहरूमा, सरकारले केही पावर प्लान्टहरूमा प्रयोग हुने ईन्धनलाई पनि योगदानको कारकको रूपमा हेरेको छ ।
इरानका स्वास्थ्यमन्त्री मोहम्मद–रेजा जफरघान्डीका अनुसार वायु प्रदूषणका कारण हरेक वर्ष देशभर करिब ५० हजार मानिसको अकालमा मृत्यु हुने गरेको छ । (एएफपी)
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया