सिरियाका बिद्रोहीले गरे असदका पिताको चिहानमा आगजानी

दमास्कस - सिरियामा नयाँ अन्तरिम सरकार बने पनि त्यहाँ अझै स्थिति सामान्य भएको छैन ।
राष्ट्रपति बसर अल असदको शासनकालविरूद्ध विद्रोह गरेका समूहले अझै पनि रिस शान्त गर्न सकेका छैनन् ।
हालै ती सिरियाली विद्रोहीले राष्ट्रपति बसर अल असदका पिताको चिहानमा आगजनी गरेका छन ।
विद्रोहीले उत्तरपश्चिममा रहेको सिरियाका पूर्व राष्ट्रपति हाफेज असदको गृहनगरमा रहेको उनको चिहानमा आगजनी गरेका छन् । तर, इस्लाममा मृत शरीरमा आगजानी गरिँदैन, त्यसलाइ पुरिन्छ । त्यही शव पुरिएको चिहानमा विद्रोहीहरुले आगजानी गरेका हुन् ।
हाफेज असदले २००२ सम्म अर्थात आफ्नो मृत्यु नहुँदासम्म सिरियामा ३० वर्ष लामो शासन गरेका थिए । उनको मृत्यु पछि मात्रै उनका छोरा बशर उत्तराधिकारीको रूपमा राष्ट्रपति भएका हुन ।
विद्रोहीले यसै साता सिरियामा कब्जा जमाए पछि राष्ट्रपति भागेर रूस पुगेका छन भने सिरियामा विद्रोही नेता मोहम्मद अल बसिर अन्तरिम प्रधानमन्त्री बनेका छन ।
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया