जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं - जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन्। बुधबार प्रहरीले दुई स्थानमा छापा मार्दै यी व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
पहिलो घटना टोखा नगरपालिका-१० गोंगबु गणेशस्थानस्थित ६० वर्षीय युवराज शाहीको घरमा भएको थियो । जुवातास खेलिरहेको अवस्थामा युवराजसहित ७ जनालाई नगद ७२ हजार ५ सय रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरियो। यो कार्य प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले गरेको हो।
अर्को घटना ललितपुर महानगरपालिका-१४ तिखिदेवल स्थित चमन सिंह घलेको घरमा राती भएको थियो । जहाँ ३६ वर्षीय लोर बहादुर गुरूङसहित ८ जना पक्राउ परे। जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उनीहरूलाई नगद २ लाख २४ हजार ६ सय ७५ रुपैयाँ र १३ बुक ताससहित नियन्त्रणमा लिएको हो।
प्रहरीले जुवातास खेल्ने र सञ्चालन गर्ने गतिविधिहरूमा संलग्नहरूका बारेमा थप अनुसन्धान अघि बढाएको छ।

मन्दिरमा हत्या गरिएका व्यक्तिको पहिचान खुल्यो

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_c7mtWtlHyX_jqbnpymfufdizpnojofeomz7efzs6jtzwkfqfssn7dwvsydokj1r90i64wei_FNdgJKTW4P_nofrhqr1qlvvniffvrosuddi52ja0up3qg3h9j7ud1vipbl8lios43w7vaia.jpg)
तीन महिनामा २३०० बढी विपद्जन्य घटना

सामुदायिक विकास परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

सात लाख बढी घुससहित वन अधिकृत पक्राउ

राशिफलमा यस्तो हुनेछ तपाईंको भाग्य

प्रतिक्रिया