मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

अवैध लागूऔषध सहित पक्राउ

फाइल फाेटाे

कैलाली - गोदावरी नगरपालिका-१ धनगढीस्थित सडकमा २ ग्राम ८ सय ६० मिलिग्राम अवैध हेरोइन जस्तो पदार्थसहित १९ वर्षीय अर्जुन खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका-१३ का अर्जुन खड्का अवैध लागूऔषधका साथ पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

प्रहरीले अर्जुन खड्काको पक्राउसँगै लागूऔषध व्यापार र त्यसका पहुँचका बारेमा थप अनुसन्धान गरिरहेको छ।