आफू अनुकूलको आर्थिक क्रियाकलाप गर्न चाहने विरुद्ध १८ महिना संघर्ष गर्नुपर्यो - प्रचण्ड

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अनुकूलको आर्थिक क्रियाकलाप गर्न चाहने विरुद्ध १८ महिना संघर्ष गर्नुपरेको बताएका छन् ।
बिहीबार चितवनको भरतपुरमा नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधारणसभा उद्घाटन कार्यक्रममा प्रचण्डले केही समूहले आर्थिक क्रियाकलाप सम्बन्धमा प्रधानमन्त्रीलाई डिक्टेट गर्न चाहेको भन्दै आफू त्यो स्वीकार गर्ने पक्षमा नरहेको बताए ।
आफू १८ महिना प्रधानमन्त्री हुँदा सो समूहसँग लड्दै, संघर्ष गर्दै टिकेकाले गर्व र खुसीको महसुस भएको उनले बताए । त्यस्तै प्रचण्डले नेपालमा भएका कृषिमा आधारित उद्योगहरू स्थापना हुनुपर्नेमा भएका पनि बेचेर खाने प्रक्रिया सुरु भएपछि देश पराधिन हुन पुगेको धारणा राखे । अहिलेको अवस्थामा आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
प्रचण्डले उद्योग व्यापार बलियो भए देशको आर्थिक अवस्था बलियो हुनुका साथै स्वदेशमा नै रोजगार सिर्जना हुने भएकाले यसमा ध्यान केन्द्रित गर्न महासंघलाई सुझाव दिए ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया