सुटिङको क्रममा अक्षयकुमार घाइते

मुम्बई- अक्षय कुमार हाउसफुल ५ को सुटिङका क्रममा घाइते भएका छन् ।
एक्सन सिक्वेन्सको सुटिङका क्रममा सेटमा केही वस्तु उछालिएर हिजो उनको आँखामा ठोक्किन पुगेको थियो ।
हिन्दुस्तान टाइम्सका अनुसार आँखामा चोट लागेपछि तुरुन्तै फिल्मको सेटमा आँखा विशेषज्ञलाई बोलाइएको थियो। अक्षयको आँखा जाँच गरेपछि डाक्टरले पट्टी लगाइदिएका थिए । उनले अक्षयलाई केही दिन सुटिङ नगर्न र आराम गर्न सल्लाह दिएका छन् । मार्च २०२३ मा पनि फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को सुटिङको क्रममा स्कटल्याण्डमा एक एक्सन दृश्य शूट गर्ने क्रममा अक्षय घाइते भएका थिए ।
अहिले चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको छ । अक्षयको चोटका कारण फिल्मको सुटिङ केही समयका लागि रोकिएको थियो । त्यसपछि फेरि सुटिङ सुरु भयो । तर, अक्षयको दृश्यको सुटिङ अहिलेका लागि रोकिएको छ । उनको निको भए पछि मात्रै उनका दृश्यहरुको सुटिङ हुनेछ ।
अक्षय कुमारसँगै हाउसफुल ५ मा रितेश देशमुख, अभिषेक बच्चन, श्रेयस तलपदे, चंकी पाण्डे, ज्याकलिन फर्नान्डिज, नरगिस फाखरी, फरदीन खान लगायतका कलाकारहरु छन् । यो चलचित्रलाई तरुण मनसुखानीले निर्देशन गर्दैछन् । फिल्म ६ जुन २०२५ मा थिएटरहरूमा रिलिज हुनेछ।

बबी देओलले किने २.९५ करोड भारूको नयाँ लग्जरी कार

६ वर्षपछि सिनेमामा फर्किए जोनी डेप

सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

सैफअलीमाथि हमला : अन्य व्यक्ति पनि संलग्न भएको आशंका

सैफअली हमला : आक्रामणकारीले चक्कु तीन टुक्रा पारेको खुलासा

एक्समा फ्लोअर्स नबढेपछि अभिताभ बच्चनलाई फ्यानले दिए यस्ता सुझाव

श्रीनगरमा ३८ वर्षपछि पहिलो फिल्मको रेड कार्पेट प्रिमियर

प्रतिक्रिया