आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो

दमौली (तनहुँ)- तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित बजार क्षेत्रमा चितुवा देखिएपछि नियन्त्रणका लागि पासो थापिएको छ । आँबुखैरेनीचोकस्थित रुखमा शुक्रबार दुई चितुवा देखिएको थियो ।
बजार क्षेत्रमै चितुवा देखिएपछि डिभिजन वन कार्यालय तनहुँको सहकार्यमा पासो थापिएको छ । आँबुखैरेनी–३ का वडाध्यक्ष दिनेश केसीले वन कार्यालयले ल्याएको खोर चितुवा देखिएको क्षेत्रमा राखिएको जानकारी दिए । एउटा चितुवा तत्कालै भागे पनि अर्को चितुवा धेरै बेरसम्म एकैठाउँमा बसेपछि स्थानीयवासीमा त्रास समेत उत्पन्न भएको थियो ।
उनले भने, “बजार क्षेत्रमै चितुवाको त्रास बढेको छ । चितुवालाई नियन्त्रणका लागि पासो राखिएको छ ।” झिसमिसे बिहान र साँझको समयमा घर बाहिर एक्लै नहिँड्न वडावासीलाई आग्रह गरिएको वडाध्यक्ष केसीले बताए ।

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_wbyoDIpqDY_5mvcdpof0hgzev6u5ystd2ydg55gudshvihxmihitfp3ruaxk5fjjw7qjdam.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

प्रतिक्रिया