वीरगञ्ज महानगरले दैनिक ज्यालादारी कर्मचारी हटाउँदै

वीरगञ्ज- वीरगञ्ज महानगरपालिका कार्यालयले पुनः दैनिक ज्यालादारीमा खटाइएका कर्मचारी हटाउन पहल थालेको छ।
महानगरपालिकाले सबै वडामा पत्राचार गर्दै आफूखुसी ज्यालादारीमा खटाइएका कर्मचारीलाई अबदेखि काममा नखटाउन र डोर हाजिरी प्रमाणित नगर्न निर्देशन दिएको छ।
महानगरको प्रशासन शाखाका अनुसार यसपटक २४५ जना दैनिक ज्यालादारीका कर्मचारी हटाइनेछन्। महानगरका प्रमुख कार्यकारी अधिकृत अरविन्दलाल कर्णले साउन महिनादेखि नै सबै ज्यालादारी कर्मचारीलाई हटाउन निर्देशन दिइसकेको जानकारी दिए।
मासिक तलबभत्ता दिन असमर्थ
महानगरका अनुसार अहिले आर्थिक अभावका कारण दैनिक ज्यालादारी कर्मचारीलाई मासिक तलबभत्ता उपलब्ध गराउन सक्ने अवस्था नरहेको छ।
प्रमुख कार्यकारी अधिकृत कर्णले भने, “महानगरसँग आर्थिक भार थेग्न सक्ने अवस्था नभएकाले सबै वडालाई पुनः पत्राचार गरी यो निर्णयबारे जानकारी गराइएको छ।”
यसअघि महानगरले झण्डै ७०० जना ज्यालादारी कर्मचारीलाई हटाइसकेको थियो। हाल महानगरले आफ्नै कानून निर्माण गरी, कुन स्थानमा दैनिक ज्यालादारी कर्मचारी खटाउन सकिने भन्ने विषयलाई स्पष्ट पारेको छ।
महानगरको नयाँ नीति महानगरले निर्माण गरेको नयाँ कानूनी संरचनाअनुसार अब महानगरले आवश्यकताअनुसारमात्र कर्मचारी खटाउने निर्णय गरेको छ। कर्णले भने अब कानूनी दायराभित्र रहेर मात्रै महानगर अघि बढ्नेछ।

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रतिक्रिया