भाजपा नेता आडवाणी अस्पताल भर्ना, उपचार हुँदै

नयाँदिल्ली- भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणीलाई एपोलो अस्पतालमा भर्ना गरिएको छ ।
९६ वर्षीय भाजपा नेता लालकृष्ण आडवाणीको न्यूरोलोजी विभागका वरिष्ठ सल्लाहकार डा. विनीत सुरीको निगरानीमा उपचार भइरहेको छ। स्वास्थ्यमा समस्या देखा परे पछि शुक्रबार राती उनलाइ अस्पताल लगिएको हो ।
यसअघि ०४ जुलाई २०२४ मा पनि आडवाणीलाई एपोलो अस्पतालमा भर्ना गरिएको थियो। त्यसको केही दिनअघि आडवाणीलाई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) लगिएको थियो। एक रात एम्समा बसेपछि उनलाई डिस्चार्ज गरिएको हो ।
लालकृष्ण आडवाणीलाई २७ जुनमा दिल्लीको एम्सबाट डिस्चार्ज गरिएको थियो । उमेरको कारणले गर्दा स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई दिल्ली एम्समा भर्ना गरिएको हो । लालकृष्ण आडवाणीलाई जेरियाट्रिक विभागका चिकित्सकहरूको निगरानीमा राखिएको थियो।
चिकित्सकहरूले उनको अवस्था सामान्य रहेको र उपचार भइरहेको जनाएका छन् ।
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया