आइतबारदेखि हराएकी किशोरीको शव पशुपतिको जंगलमा

काठमाडौँ- गत आइतबारदेखि हराएकी किशोरीको शव पशुपतिको जंगलमा भेटिएको छ ।
शंखरापुर नगरपालिका– ५ घर भई काठमाडौं शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार मृत अवस्थामा फेला परेकी हुन् ।
उनी पेन्टागन कलेजमा १२ कक्षामा अध्ययनरत थिइन् । आइतबारदेखि हराएकोमा उनका बुबाले बानेश्वर वृत्तमा खोजतलासका लागि निवेदन दिएका थिए ।
बिहीबार बेलुका स्थानीयले तिलगंगाछेउको जंगलमा मृत भेटे पछि पशुपति विकास कोषका सुरक्षागार्डलाई खबर गरेका थिए । गार्डले प्रहरीलाई जानकारी गराएको हो ।
घटनास्थलबाट सुसाइड नोट र विषको बट्टासमेत भेटिएको प्रहरीले जनाएको छ । गौशाला वृत्तबाट घटनाको अनुसन्धान भइरहेको काठमाडौँ परिसरले जनाएको छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_c7mtWtlHyX_jqbnpymfufdizpnojofeomz7efzs6jtzwkfqfssn7dwvsydokj1r90i64wei_XFT165v16M_hobzice11ffve0plu8t3zzuv6pjok3dcqutf8ogezsbq6ebbfgkbxryh0cyy.jpg)
तीन महिनामा २३०० बढी विपद्जन्य घटना

सामुदायिक विकास परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

सात लाख बढी घुससहित वन अधिकृत पक्राउ

राशिफलमा यस्तो हुनेछ तपाईंको भाग्य

गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट नहुने

पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु

त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय

प्रतिक्रिया