भारतको अस्पतालमा आगलागी, ६ जनाको मृत्यु

नयाँदिल्ली- दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । आगलागीमा दुई दर्जनभन्दा बढी घाइते भएका छन् ।
आगो निभाउने उपकरणको अभाव र सुरक्षा नियमहरूको नियमित बेवास्ताका कारण भारतमा भवनमा आगलागी हुनु सामान्य हो ।
दक्षिणी राज्य तमिलनाडुमा बिहीबार राति आगलागी भएको थियो र यसको कारणबारे अझै अनुसन्धान भइरहेको छ ।
प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार दिन्डिगुल सहरको अस्पतालमा लिफ्टभित्र सबै ६ जना पीडित बेहोस अवस्थामा फेला परेका थिए ।
प्रहरी अधीक्षक ए प्रदीपले करिब ३० जना घाइते भएको तर सबैको अवस्था ‘स्थिर’ रहेको बताए ।
टाइम्स अफ इन्डियाका अनुसार आगो भुइँतलाको रिसेप्शन क्षेत्रमा सुरु भयो र द्रूत गतिमा अन्य तलाहरूमा फैलियो ।
उत्तरी राज्य उत्तर प्रदेशको अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको केही हप्तापछि यो आगलागी भएको हो ।
यसै वर्षको सुरुमा नयाँदिल्लीको एउटा बाल अस्पतालमा यस्तै आगलागीमा ६ जना शिशुको मृत्यु भएको थियो ।
मे महिनामा गुजरात राज्यको एउटा भरिएको मनोरञ्जन पार्क आर्केडमा आगलागी हुँदा केही बालबालिकासहित कम्तीमा २७ जनाको मृत्यु भएको थियो । (एएफपी)
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया