शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

पोखरा एभेन्जर्सलाई हराउँदै काठमाडौँ गुर्खाजले निकाल्यो जित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सलाई हराउँदै काठमाडौँ गुर्खाजले जित निकालेको छ । शनिबार बिहान त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा पोखरा एभेन्जर्सलाई हराउँदै  काठमाडौँ गुर्खाजले जित निकालेको हो ।

पोखरा एभेन्जर्सले जितका लागि ८ विकेटको क्षतिमा १३९ रनको लक्ष्य काठमाडौँ गुर्खाजले सहजै भेट्यायो ।

काठमाडौँ गुर्खाजले ४ विकेटको क्षतिमा १४२ रन बनाउँदै जित निकालेको हो । काठमाडौँले ६ विकेटले जित निकालेको हो ।