महाअभियाेग लागेका दक्षिण काेरियाका राष्ट्रपति युनलाई हटाउने वा नहटाउने अदालतले निर्णय गर्ने

सियोल - दक्षिण कोरियाका राष्ट्रपतिलाई पदबाट हटाउने वा नहटाउने अब अदालतमा निर्भर रहने भएको छ।
अन्तरराष्ट्रिय मिडियाका अनुसार त्यहाँको संसदले २०४–८५ मतका आधारमा महाअभियोग प्रस्ताव पारित गरेका छन् ।
सो प्रस्ताव पारित भएसँगै राष्ट्रपतिका धेरै अधिकार कटौती भए पनि पदमुक्त हुने वा नहुने भन्ने विषय भने अब अदालतले निर्धारण गर्नेछ ।
सम्पूर्ण महाभियोग प्रक्रिया सकिा एक हप्ता लाग्न सक्ने दक्षिण कोरियाका संञ्चारमाध्यमले जनाएका छन् । उनीहरूका अनुसार सो प्रस्ताव संसदबाट पारित भएपछि अब सो मुद्दा संवैधानिक अदालतमा लैजानु पर्नेछ ।
अदालतका ९ सदस्यीय परिषद मध्ये ६ जनाले महाभियोगलाई कायम राख्न मतदान गरेमा मात्र राष्ट्रपति पदबाट हट्ने छन्, नभए उनी पुनर्बहाली हुनेछन् । तर, विपक्षी ६ दलको प्रयास, देशभरि भएका प्रदर्शन र सत्तारूढ दल भित्रै भएको विद्रोहका कारण पनि उनी अब पदमा रहि रहनेछन् भन्ने कुनै ग्यारेन्टी नभएको जनाइएको छ । अन्ततः उनी पदमुक्त हुनेछन् ।
पद मुक्त भएको अवस्थामा ६० दिनभित्र अर्को राष्ट्रपतिको निर्वाचन आह्वान गरिनु पर्ने संवैधानिक व्यवस्था छ ।
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया