काठमाडौं महानगरपालिका दिवस, टुडिखेलमा म्युजिकल कन्सर्ट सुरू

काठमाडौं - काठमाडौं महानगरपालिकाको सांगितिक कार्यक्रम सुरू भएको छ ।
३० औं महानगर दिवसको अवसरमा टुडिँखेलमा सांगितिक कार्यक्रम आयोजना गरिएको हो ।
उपराष्ट्रपति रामसहाय यादवको प्रमुख आतिथ्यमा मूल समारोह आयोजना गरेको महानगरले कार्यक्रमको अन्त्यमा सांगितिक कार्यक्रम गरेको हो ।
महानगरपालिका अनुसार आज बिहान १० बजेदेखि टुँडिखेल मैदानमा मौलिक खाना र पेय पदार्थ र एक वडा एक नमूना उत्पादन अन्तर्गत उत्पादित वस्तु तथा सामग्रीको प्रदर्शनी सुरु भएको छ । सोही ठाउँमा अपराह्ण सांगीतिक कार्यक्रम सुरू गरिएको हो ।
सांगितिक कार्यक्रममा बाबुकृष्ण परियार, इन्द्रकला राई, उर्गेन दोङ्, सुगम पोखरेल एण्ड द बाजागाजा, केहर लिम्बू एण्ड जोय व्याण्ड, महेश काफ्ले, अस्मिता अधिकारीले प्रस्तुति दिनेछन् ।
साथै, सो कार्यक्रममा कुमार सागर, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, जेम्स प्रधान, सुजिल कर्माचार्य, सञ्जय श्रेष्ठ, योगेश्वर अमात्य, रचना रिमाल, सुशान्त घिमिरे, सन्दिप विष्ट, चक्र बमसहित कलाकारको प्रस्तुति रहने जनाइएको छ ।
१९९६ पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास मानिदैं आएको छ । ०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई काठमाडौँ महानगर घोषणा गरिएको हो । यसै दिनलाई महानगर दिवसका रूपमा मनाउने गरिएको छ ।

करेन्ट लागेर एकै परिवारका तीन जना घाइते

१०७४ किलो गाँजासहित चार जना पक्राउ

निः शुल्क वितरण गरिएका बिरुवाको अनुगमन गर्दै वन कार्यालय

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

जुगलमा नमुना युवा गाउँसभा

बजेटका सम्बन्धमा भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला मन्त्रालयको ध्यानाकर्षण

बाढी घरमा पस्दा बलामी बेपत्ता

प्रतिक्रिया