दक्षिण कोरियाः राष्ट्रपति विरूद्धको महाअभियोग पारित भएपछि प्रधानमन्त्री हान अब कार्यवाहक राष्ट्रपति

सियोल - दोस्रो प्रयासमा दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई अन्ततः संसदले महाअभियोग लगाएको छ ।
सभामुख वू वोन शिकका अनुसार महाभियोगसम्बन्धी कागजातको प्रतिलिपि राष्ट्रपति युन भएको स्थानमा र संवैधानिक अदालतमा पुगे लगत्तै स्वतः निलम्बनमा पर्नेछन् ।
उनका अनुसार राष्ट्रपति युन निलम्बनमा परेसँगै प्रधानमन्त्री हान डक सूले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने छन् ।
आफ्नो शक्ति निलम्बनमा परे पनि संवैधानिक अदालतले उनको महाभियोगलाई कायम राख्ने वा नदिने निर्णय नगरेसम्म युन पदमा रही रहने छन्, यो दक्षिण कोरियाको संवैधानिक व्यवस्था हो ।
दक्षिण कोरियाको संसदले गत साता अप्रत्याशित रूपमा ‘मार्शल ल’ लगाउने उनको अल्पकालीन प्रयासको बिरोधमा दोस्रो प्रयासमा त्यहाँको संसदले महाअभियोग लगाएको हो ।
महाअभियोग पछि उनको राजनीतिक यात्रा लगभग अन्त्य भएको जनाइएको छ । उनको सो कदम पछि देशभरि लाखौं संख्यामा प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए ।
एक सदनात्मक सभामा शनिबार युनलाई महाभियोग लगाउन प्रस्ताव गरेका थिए, जसमा २०४ सांसदले पक्षमा मतदान गरेका थिए भने ८५ मत महाअभियोगको विपक्षमा परेको थियो ।
मार्शल ल लगाउने उनको प्रयास विरुद्ध महाअभियोग यसअघिको प्रयास असफल भए पनि दोस्रो पटकमा शनिवार भने संसदबाट पारित भएको थियो । सो मतदान प्रकियामा ३ सदस्य अनुपस्थित भएका थिए भने ८ मत बदर भएको जनाइएको छ ।
दक्षिण कोरियाको इतिहासमा महाअभियोगवाट निलम्बन हुने उनी पहिलो राष्ट्रपति हुन् ।
उनको बहिर्गमन हुनु पर्ने भन्दै लाखौं कोरियाली जनताले गत साता देखी सडकमा प्रदर्शन गरिरहेका थिए । महाअभियोग पारित भएसँगै त्यहाँ खुसीयाली छाएको छ ।
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया