सिरियामा आइएस समूहद्वारा ६ कृषकको हत्या

काठमाडौँ - चरमपन्थी आक्रमणका लागि कुख्यात सिरियाली मरुभूमि क्षेत्रमा इस्लामिक स्टेट समूहका लडाकूहरूले शनिबार छ जना कृषकको हत्या गरेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएको छ ।
“इस्लामिक स्टेट समूहका लडाकुहरूले शनिबार बिहान पाल्मायरा शहरको दक्षिणमा छ जना गोठालाको हत्या गरेका छन् ।,” बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) ले जनाएको छ ।
जिहादीहरूले ‘गोठालालाई मारेका र उनीहरूका चौपाया चोरेका’ बेलायतस्थित उक्त संस्थाले जनाएको छ ।
आइएसले सन् २०१४ मा सिरिया र इराकको ठूलो भूभागमा कब्जा गरी उक्त क्षेत्रलाई स्लामिक राज्य (खलिफा) घोषणा गरेको थियो ।
समूहले सन् २०१९ मा सिरियामा आफ्नो अन्तिम भूभाग गुमाएको थियो, तर यसका अवशेषहरूले अझै पनि घातक आक्रमणहरू गरिरहेका छन् । उनीहरूको प्रभाव विशेष गरी दमास्कसको बाहिरी इलाकाबाट इराकी सीमासम्म फैलिएको छ ।
हालैका वर्षहरूमा उसका अधिकांश आक्रमणहरू कुर्द नेतृत्वका लडाकुहरू वा राष्ट्रपति बशर अल असदको अपदस्थ सरकारका वफादारहरूलाई लक्षित गरी गरिएका छन् ।
इस्लामिक विद्रोही समूह हयात तहरीर अल–शाम र उसका सहयोगीहरू आइतबार दमास्कसमा प्रवेश गरेपछि असद सिरियाबाट पलायन भएका थिए ।
असदलाई सत्ताच्युत गरेयता सिरियाली मरुभूमिमा आइएसले छ वटा आक्रमण गरेको अब्जरभेटरीले जनाएको छ । उनीहरूले १८ जना सर्वसाधारण र ५० भन्दा बढी असद सैनिकको हत्या गरेका थिए ।
क्षेत्रीय भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टर्कीएका अधिकारीहरूलाई असदको पतनपछि सिरियामा आइएसको पुनरुत्थानविरुद्ध काम गर्नु ‘अपरिहार्य’ भएको बताएका थिए ।
बिहीबार एर्दोगानले ब्लिन्केनसँग टर्कीएले सिरियामा आइएसविरुद्धको लडाइँमा कहिल्यै पनि सहज नहुने आश्वासन दिएका थिए । यद्यपि अमेरिका समर्थित कुर्द लडाकुहरूविरुद्ध टर्कीले चरमपन्थीहरूलाई नियन्त्रण गर्न महत्वपूर्ण मानिएको थियो ।
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया