स्पेनिस ला लिगा : भ्यालेकानोले बराबरीमा रोक्यो रियललाई

काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गतको खेलमा रियल म्याड्रिड बराबरीमा रोकिएको छ।
आइतबार बिहान राति भएको खेलमा म्याड्रिडलाई रायो भ्यालेकानोले ३-३ बराबरी गोलले रोकेको हो ।
साबिक विजेता म्याड्रिडलाई बराबरीमा रोक्ने क्रममा पहिलो गोल भ्यालेकानोका लोपेजले खेलको ४ मिनेटमा गोल गरेका थिए।
भ्यालेकानोले दोस्रो गोल खेलको ३६ मिनेटमा गरेको थियो। मुमिनको गोलले रियल २-०ले पछि परेको थियो।
तर, रियलका भाल्भार्डेले ३९ मिनेट र बेलिंघमले ४५ मिनेटमा गोल गरेर भ्यालेकानोसँग २-२ गोलको बराबरी गराए।
रियलका रोड्रिगोले ५६ मिनेटमा गोल गरेर टिमलाई ३-२ को स्थितिमा ल्याए पनि रियलले जित निकाल्न सकेन।
भ्यालेकानोका पालाजोनले ६४ मिनेटमा गोल थपेर ३-३ को बराबरीमा ल्याए।
बराबरीसँगै रियल १७ खेलमा ३७ अंकसहित लिगाको दोस्रो स्थानमा छ भने भ्यालेकानो १६ खेलमा २० अंकसहित १३औं स्थानमा छ।
१७ खेल नै खेलेको बार्सिलोनाको ३८ अंक रहेको छ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया