भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

काठमाडौँ- भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा रामेछाप दोरम्बा गाउँपालिका-४ घर भई सूर्यविनायक नथगरपालिका-१० बस्दै आएका ७० वर्षीय निमबहादुर मगर रहेका छन्।
सूर्यविनायक नलिन्चोक जोरपाटीमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा४६प ११२७ नम्बरको मोटरसाइकलले शनिबार राति ठक्कर दिँदा मगर गम्भीर घाइते भएका थिए।
उनलाई उपचारको लागि मध्यपुर अस्पताल ठिमी भक्तपुर लगिकोमा राति पौने १० बजे मृत्यु भएको भक्तपुर परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए।
मोटरसाइकल र चालक काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नम्बर ६ का ४४ वर्षीय जितेन्द्र श्रेष्ठलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ।

करेन्ट लागेर एकै परिवारका तीन जना घाइते

१०७४ किलो गाँजासहित चार जना पक्राउ

निः शुल्क वितरण गरिएका बिरुवाको अनुगमन गर्दै वन कार्यालय

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

जुगलमा नमुना युवा गाउँसभा

बजेटका सम्बन्धमा भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला मन्त्रालयको ध्यानाकर्षण

बाढी घरमा पस्दा बलामी बेपत्ता

प्रतिक्रिया