सुदूरपश्चिम ५ रनले विजयी हुँदै प्लेअफमा गर्यो स्थान सुरक्षित

काठमाडौं - पोखरा एभेन्जर्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले बाजी मारेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) ५ रनले विजयी हुँदै प्लेअफमा स्थान पक्का गर्ने दोस्रो टिम बनेको छ । यसअघि जनकपुरले प्ले अफमा स्थान सुरक्षित गरेको हो ।
त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा भएको दोस्रो खेलमा सुदूरपश्चिमले पोखरामाथि ५ रनको हार दिलाएसँगै उसले आफ्नो गतिलो कौशल प्रदर्शन गरेको छ । टस जितेर बलिङ रोजेको सुदूरपश्चिमले दिएको १ सय ५४ रनको लक्ष्यलाई पुरा गर्न नसकी पोखरा १९.४ ओभरमा १ सय ४८ रन बनाउँदै अल आउट भएको थियो ।
पोखराका लागि आन्द्रेश गौसले सर्वाधिक ३६ रन जोडेका थिए, जसमा उनले २१ बलमा ४ चौका र २ छक्का प्रहार गर्न सफल भए । त्यसो त पोखराका कप्तान कुशल भुर्तेल रनको खाता नै नखोली आउट भए पछि सुदूरपश्चिमलाइ थप साहास मिलेको थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार पारेको थियो ।
सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । ब्राण्डन मक्मुलनले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा २३ रन जोडे । उनी पोखराका कप्तान कुशल भुर्तेलको बलमा सागर ढकालबाट क्याच आउट भए ।

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_LLEX9Vreec_id575usoietdrtsruay6baycrj6dzxyuzhcve6ejcwcxa7m0x2e1khahdrjg.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

प्रतिक्रिया