नेकपा एसको स्थायी कमिटी बैठक आज पनि, नेताका कार्यबिभाजन हुने

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज सकिने भएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको २६ मंसीर देखी जारी बैठकमा धारणा राख्ने र जबाफ दिने क्रम सकिए पनि नेताहरूको कार्यबिभाजन देखी अन्य बिषय टुंग्याउनु पर्ने भएकाले आजसम्म जारी राखिएको हो ।
आजको बैठकमा भरत श्रेष्ठ, प्रमेश हमाल, धर्मनाथप्रसाद साह, महासचिव घनश्याम भुसाल र अध्यक्ष माधवकुमार नेपालले धारणा राख्ने स्थायी समिति सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए । साथै, अध्यक्ष नेपालले स्थायी समिति सदस्यहरूले राखेको प्रश्नको जवाफ दिने र नेताहरूको कार्यबिभाजन तय गरिने भएको छ।
आजको बैठकमा कार्ययोजना तथा पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यविभाजन पहिलो सूचीमा राखिएको छ भने आन्दोलनसम्बन्धी एजेण्डामा छलफल गरिने भएको छ । आजको बैठकमा विधान संशोधनको काम पनि सकिने गरी गृह कार्य भएको नेताहरूले बताएका छन् । बैठक पार्टीको केन्द्रीय कार्यालय आलोकनगर बस्नेछ ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया