असद पतनसँगै हजाराैं सिरियाली फर्किए स्वदेश

बसर अल असदको शाषन पतन भएसँगै बिभिन्न देशमा रहेका सिरियालीहरू स्वदेश फर्किन लागेका छन् । विभिन्न देशमा शरणार्थी जीवन जिइरहेकाहरू क्रमशः स्वदेश फर्किन लागेको त्यहाँको नवनिर्वाचित सरकारले जनाएको छ ।
जस अनुसार हजारौं हजारौं सिरियालीहरू छिमेकी मुलुक टर्कीको सीमा हुँदै स्वदेश फर्किएको आन्तरिक मन्त्री अलि येर्लिकायाले जानकारी दिएका छन् । उनका अनुसार अल असदको पतनको पाँच दिनमा ७ हजार ६ सय बढी सिरियाली शरणार्थीहरूले टर्कीको सीमा पार गरेर स्वदेश फर्किएका छन ।
सामाजिक सञ्जाल एक्समा एक विज्ञप्तिमा राख्दै आन्तरिक मन्त्री अली येर्लिकायाले डिसेम्बर ९– १३ को बीचमा प्रत्येक दिन टर्किबाट स्वेच्छिक रूपमा फर्केका सिरियालीहरूको कुल संख्या ७ हजार ६२१ पुगेको उल्लेख गरेका छन् ।
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया