शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

भारतीय राष्ट्रपति मुर्मू र प्रधानमन्त्री मोदीको श्रीलंकाका राष्ट्रपति दिसानायकेसँग भेटवार्ता

काठमाडौँ - श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई भारतको राजकीय भ्रमणको दोस्रो दिन सोमबार नयाँ दिल्लीस्थित राष्ट्रपति भवनको प्राङ्गणमा भव्य स्वागत गरिएको छ ।

श्रीलंकाका राष्ट्रपति दिसानायकेलाई राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् । 

श्रीलंकाका राष्ट्रपति श्रीलंकाका राष्ट्रपति यही डिसेम्बर १५ देखि डिसेम्बर १७ सम्म भारतको राजकीय भ्रमणमा रहेका छन् । 

गत सेप्टेम्बरमा पद भार ग्रहण गरेपछि दिसानायकेको यो पहिलो विदेश भ्रमण भारतमा भएको हो । भ्रमणका क्रममा दुई देशका नेताबीच दुई पक्षीय कूटनीतिक, राजनीतिक र आर्थिक सम्बन्धका विषयमा छलफल हुने बताइएको छ ।