आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

एमालेलाई कार्यालय भवन बनाउने बाटो खुल्यो, सर्वोच्चले गरिदियो रिट खारेज

फाइल फाेटाे

काठमाडौं - नेकपा एमालेलाई कीर्तिपुरमा केन्द्रीय कार्यालय भवन बनाउने बाटो खुलेको छ । 

सर्वोच्च अदालतले आज एमालेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि भाटभटेनीका मीनबहादुर गुरुङले दान गरेको जग्गा सम्बन्धी विवाद टुङ्ग्याउँदै बाटो खुल्ला गरेको हो ।

सर्वोच्चका न्यायाधीशद्वय अब्बुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार सो जग्गा दान रोक्का गर्न दायर गरेको रिट खारेज गरेको छ ।

 यसअघि पटक पटक पेशी चढेर पनि सुनुवाइ स्थगित भइरहेको बेला आज भने सर्वोच्चले रिट खारेज गरेर भवन निर्माण गर्न बाटो खुल्ला गरिदिएको हो ।
 
व्यवसायी  गुरुङले दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए । उक्त रिटमा यसअघिको अन्तरकालीन अन्तरिम आदेश जारी भएको थियो ।