तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ- संघीय संसद् अन्तर्गतका तीन वटा संसदीय समितिका बैठक बस्दैछ ।
संघीय संसद् सचिवालयका अनुसार तीनवटै समितिको बैठक सिंहदरवारस्थित सचिवालय भवनमा बस्नेछ ।
जसअनुसार हिजो कोरम नपुगेर बैठक बस्न नसकेको अर्थ समितिको बैठक पुन आज बिहान ११:०० बजे बस्ने भएको छ ।
जुन बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल हुने सचिवालयले जनाएको छ ।
विधायन व्यवस्थापन समितिको बैठक भने ११:३० बजे बोलाइएको छ, जहाँ तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल हुने जनाइएको छ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान १२:३० बजेबाट सुरू हुने सचिवालयले जनाएको छ ।

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

प्रतिक्रिया