जर्जियाको रेष्टुरेन्टमा निस्सासिएर १२ जनाको मृत्यु

काठमाडौँ- जर्जियाको एक स्की रिसोर्टमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण १२ जनाको मृत्यु भएको छ ।
पूर्व सोभियत राज्यको सबैभन्दा ठूलो र अग्लो स्की रिसोर्ट गुडौरीको एउटा रेस्टुरेन्टको माथि सुतिरहेको ठाउँमा ११ विदेशी र एक जर्जियाली नागरिकको शव फेला परेको स्थानिय प्रहरीले बताएका छन् ।
प्रारम्भिक परीक्षणहरूले शवमा हिंसाको कुनै निशान नदेखाएको र यो अकल्पनिय दुर्घटना भएको प्रहरीले जनाएको छ ।
रिसोर्टमा बिजुली गएपछि तेलबाट चल्ने जेनेरेटर खोलिएको थियो र सोही कारण उनीहरूको निस्सासिएर मृत्यु भएको अधिकारीहरूले बताएका छन ।
रेस्टुरेन्टको भवनको दोस्रो तल्लामा शव फेला परेको थियो । अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरिसकेको र पीडितहरूको पहिचान भने सार्वजनिक गरिएको छैन।
गुडौरी स्कीइङ र स्नो बोर्डिङ उत्साहीहरूका लागि लोकप्रिय पर्यटक गन्तव्य हो, जहाँ सबै तहका आगन्तुकहरूको लागि शीतकालीन खेल गतिविधि गर्न पुग्ने गर्छन् ।
गुडौरी समुद्री सतहबाट करिब २,२०० मिटर उचाइमा रहेकोकाकेशस पहाडहरूमा अवस्थित छ र जर्जियाको राजधानी टिबिलिसीबाट लगभग १२० किमी उत्तरमा अबस्थित रहेको छ ।
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया