बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको शिलान्यास

मोरङको रङ्गेली नगरपालिकामा साढे नौ करोड लगानीमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको शिलान्यास गरिएको छ ।

रङ्गेली–८ स्थित दर्वेशामा निर्माण हुने उक्त केन्द्रको जिल्ला समन्वय समितिका उपप्रमुख उषा झा ठाकुर, रङ्गेलीका नगरप्रमुख दलिप बगडिया, सुनवर्षी नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद राजवंशी, धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछ गच्छदार, कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमती इङ्नामले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

सो अत्यावश्यक सेवा केन्द्रको शिलान्यास गर्दै केन्द्रमा जनशक्ति, उपकरण र विपद् व्यवस्थापनका लागि आवश्यक सबै स्रोतसाधन उपलब्ध रहने जिल्ला समन्वय समिति उपप्रमुख ठाकुरले बताए । रङ्गेली र सुनवर्षी नगरपालिका तथा धनपालथान र कानेपोखरी गाउँपालिकालाई लक्षित गरी निर्माण हुने केन्द्रले विपद् व्यवस्थापनका लागि एकीकृत रुपमा सञ्चालन हुने रङ्गेलीका उपप्रमुख भुमा पराजुलीले बताए ।

केन्द्र निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेश सरकारले एक वर्षअघि त्रिपक्षीय सम्झौता गरेको थियो । रङ्गेली नगरपालिकाले दुई लाख २५ हजार प्रतिकट्ठाका दरले दर्वेशामा १२ कट्ठा जग्गा खरिद गरेको थियो ।

प्रदेश सहयोग कार्यक्रमको दुई करोड, कोशी प्रदेश सरकारको आन्तरिक तथा कानुन मन्त्रालयको छ करोड २५ लाख २९ हजार र चारवटै पालिकाबाट एक करोड ८५ लाखको लगानीमा निर्माण हुने भएको छ । सेवा केन्द्र एक वर्षभित्र सम्पन्न गर्नेगरी ब्राइट बुल निर्माण सेवाले ठेक्का पाएको छ । रासस

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उपराष्ट्रपति यादव

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य १५ निर्णय

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे