रुसले तालिबानलाई ‘आतंकवादी’ सूचीबाट हटाउने

काठमाडौँ - रुसको संसद्ले मङ्गलबार एउटा विधेयकलाई अनुमोदन गरेको छ । उक्त विधेयकले मस्कोलाई तालिबानलाई प्रतिबन्धित ‘आतंकवादी’ सङ्गठनको सूचीबाट हटाउने बाटो खोल्न सक्छ ।
सन् २०२१ को अमेरिकाको अराजक वापसीपछि तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि मस्कोले तालिबानसँग सम्बन्ध कायम गर्न थालेको छ ।
त्यसबेलादेखि अधिकारीहरूले इस्लामवादी समूहलाई मस्कोको प्रतिबन्धित ‘आतंकवादी’ समूहहरूको सूचीबाट हटाउन दबाब दिइरहेका छन् ।
तल्लो सदन डुमाले सम्भावित भविष्यको निर्णयका लागि आवश्यक कानूनी ढाँचा राखेर समूहहरूलाई कानूनी रूपमा सूचीबाट हटाउनका लागि संयन्त्रको रूपरेखा प्रस्तुत गर्ने एउटा विधेयक पारित गरेको छ ।
रूसको माथिल्लो सदन फेडरेशन परिषद्ले शुक्रबार विधेयकमाथि विचार गर्नेछ । त्यसपछि राष्ट्रपति भ्लादिमिर पुटिनले कानून बनाउन हस्ताक्षर गर्नुहुनेछ ।
गत महिना काबुलको भ्रमणमा शीर्ष रूसी सुरक्षा अधिकारीहरूले आफ्ना अफगान समकक्षीहरूलाई मस्कोले चाँडै तालिबानलाई प्रतिबन्धित सङ्गठनहरूको सूचीबाट हटाउने बताएका थिए ।
प्रस्तावित प्रणालीअन्तर्गत रुसका महान्यायाधिवक्ताले रूसी अदालतमा एउटा समूहले ‘आतङ्कवादको समर्थनमा’ आफ्ना गतिविधिहरू ‘बन्द’ गरेको उल्लेख गर्दै अनुरोध दायर गर्नेछन् । त्यसपछि न्यायाधीशले पदनाम हटाउनका लागि निर्णय गर्न सक्नेछन् ।
अपेक्षित कदमले तालिबान सरकार र त्यसले ‘अफगानिस्तानको इस्लामिक इमिरेट’ भनेर बोलाउने संस्थालाई औपचारिक मान्यता दिने होइन । यो कदम अहिलेसम्म कुनै मुलुकले चालेको छैन ।
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया