एनपीएल : जनकपुर र सुदूरपश्चिम भिड्दै

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) लिगमा आज जनकपुर बोल्टस र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । बुधबार त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा 'प्ले अफ' सिट सुरक्षित गरेर क्वालिफायरमा पुगेका जनकपुर बोल्टस र सुदूरपश्चिम रोयल्सबीच दिउँसो १ बजे खेल हुँदैछ ।
लिग चरणको अन्तिम खेलमा कर्णालीलाई हराएर आएको सुदूरपश्चिम १२ अंकका साथ शीर्षस्थानमा छ भने उद्घाटन खेलमा विराटनगर किंग्सलाई पराजित गर्दै अघि बढेको जनकपुर १० अंकसहित दोस्रो स्थानमा रहेको छ ।
एनपीएल गत मंसिर १५ बाट सुरू भएको थियो । एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने छ । प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टीमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।
जनकपुर बोल्ट्स
आसिफ शेख– मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा) ।
सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी– मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), वसन्त खत्री (आइकोनिक)।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया