जसले पैसा लिएर श्रीमतीलाई ७२ पटक बलात्कार गराए

काठमाडौँ- तपाईंलाई फ्रान्सको घटना याद होला, जसमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई आफ्ना चिनेजानेकासँग ७२ पटक बलात्कार गराएका थिए ।
अहिले यी व्यक्तिले अदालतमा श्रीमतीको खुब तारिफ गरिरहेका छन् र आफ्नो गल्तीको लागि परिवारसँग रूदैँरूदैँ माफी मागिरहेका छन् ।
यदि अदालतले डोमिनिक पेलिकोटलाई सजाय दियो भने उनलाई २० वर्षको आजीवन कारावासको सजाय हुनेछ ।
डोमिनिक पेलिकोटले आफ्नी पूर्व पत्नी गिसेललाई १० वर्षसम्म लागूऔषध खुवाएर दर्जनौं पुरुषले उनलाई बलात्कार गराएका थिए । यो कुरा अहिले अदालतमा उनले स्वीकार पनि गरेका छन् र माफी पनि मागेका छन् ।
सोमबार डोमिनिकले आफ्नो परिवारलाई उनलाई माफ गर्न आग्रह गरेका थिए र परीक्षणको क्रममा आफ्नी पूर्वपत्नीको साहसको पनि प्रशंसा गरेर नाटक पनि गर्न भ्याएका छन् ।
तर, उनकी श्रीमती गिजेल एक यस्तो साहसी महिला हुन्, जसले यति धेरै यातना दिँदा पनि आफूलाई लुकाउन सकिनन्, बरु अगाडि आएर आफ्नो पतिको सारा कर्तुतको पर्दाफास गरि दिइन् र आफ्नो अनुहार पनि सारा संसारमा उजागर गरिन् । उनी विश्वभर एक उत्कृष्ट उदाहरणका रूपमा परिचित भएको भन्दै अहिले फ्रान्सेलीहरू तारिफ गरिरहेका छन् । गिसेल अहिले ७२ वर्षकी भइन् ।
पेलिकोटले उनलाई निद्राको चक्की दिएर बेहोस बनाउँथे । त्यसपछि उसले धेरै पुरुषलाई बलात्कार गर्न लाइनमा उभ्याउँथे । नशाका कारण अचेत भएकी गिजेल पहिलो पटक अदालतमा हाजिर हुँदा धेरै कुरा याद गर्न सकेकी थिइनन् ।
उनले भनेका थिइन्, ‘श्रीमानले घटना घटनुभन्दा पहिला मलाई पुतलीजस्तै व्यवहार गर्दथे तर जब म नशामा लठ्ठ हुन्थे तर अरू नै मसँग आइसकेको हुन्थ्यो, यो कुरा धेरैपछि मलाई थाहा भयो ।’
अहिले फ्रान्सेली प्रहरीले श्रीमानको कम्प्युटरबाट हजारौं फोटो, भिडियो र प्रमाण पनि फेला पारेको छ, जहाँ उनीमाथि भएको दुर्व्यवहारका बारेमा धेरै प्रमाणहरू भेटिएका छन् । धेरै फ्रान्सेलीले उनलाई माफी होइन, आजिवन काराबासमा लैजानुपर्ने भन्दै जोड गरिरहेका छन् ।
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

भारतले कर नबढाउने प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

‘सन् २०२५ मा अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा व्यहोर्ने’

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

गाजामा आक्रमण : मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

प्रतिक्रिया