दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधीश पोखरेलको इजलासमा

मेडिकल व्यापारी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको मुद्दामाथि आज सुनुवाइ हुँदैछ ।
प्रसाईका छोरा निराजनले दायर गरेको सो निवेदनको पेशी न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको छ ।
पछिल्लो पटक जिल्ला अदालतले साइवर अपराध बाहेक अर्कोमा म्याद थप गरेपछि प्रसाईँका छोरा नीराजन सर्वोच्च पुगेका हुन् । साइबर अपराधको मुद्दामा ४० हजार धरौटी तिरेर रिहा भएका प्रसाई व्यापारीलाई धम्क्याएको भन्दै पक्राउ परेका थिए ।
यसअघि साइबर अपराधको मुद्दामा थुनामा पर्दा पनि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो । उक्त निवेदनमा सुरुमा २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउने आदेश भएको थियो भने पछि खारेज गर्ने फैसला सुनाएको थियो ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया