शुक्रबार २३ जेठ, २०८२
Friday, June 06, 2025

सुदूरपश्चिमलाई जनकपुरले दियो १४० रनको लक्ष्य

काठमाडौं - जनकपुर बोल्टसले सुदूरपश्चिमलाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो इलिमिनेटरमा जनकपुरले सुदूरपश्चिम सामु १४० रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङ रोजेको जनकपुरले २० ओभरको समाप्तिमा ९ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको छ ।